ज्योति लाइफले ग्राहकको कोरोना बीमा निशुल्क गरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2020 | 06:51:25 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई कोभिड–१९ को बीमा गरिदिने भएको छ । कम्पनीले बैशाख २७, २०७७ देखि जेष्ठ मसान्त २०७७ भित्र सावधिक जीवन बीमाको नवीकरण बीमा शुल्क तिर्ने बीमितहरुको लागि ५० हजार रुपैयाँ बराबरको १ वर्षको लागि बीमा सुविधा दिने भएको हो ।

यससंगै बीमितको पीसीआर पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धीत बीमा कम्पनीले बीमितलाइ एकमुष्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

विश्व नै कोरोना भाइरस कोभिड–१९ बाट आक्रान्त भै रहेको अहिलेको विषम परिस्थितीमा “बीमितहरुको सुरक्षा, हाम्रो दायित्व” भन्ने नाराका साथ बीमितहरुको लागि यो सुविधा थप गरेका कम्पनीले जनाएको छ। यस  वापत लाग्ने बीमा शुल्क कम्पनीले नै तिरिदिने भएकोले यसबाट बीमितहरुलाई कुनै आर्थिक भार पर्ने छैन ।

यस योजनाबाट ज्येष्ठ मसान्त २०७७ भित्र नवीकरण बीमा शुल्क तिर्ने सम्पुर्ण बीमितिहरुले कोभिड–१९ को बीमालेखमा उल्लेखित शर्त बमोजिम बीमितको 'पिसीआर' पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धीत बीमा कम्पनीले बीमितलाइ एकमुष्ट रु.५० हजार उपलब्ध गराउनेछ । यस योजनाबाट कम्पनीका १० हजार भन्दा बढी बीमितहरु लाभान्वित हुन सक्ने विश्वास कम्पनीले लिएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved