३० जना पत्रकारको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 08:05:58 PM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरम (जनस्वयम्सेवी पत्रकार मञ्च) ले ३० जना पत्रकारहरुको कोरोना बीमा गराएको छ । एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका आर्थिक पत्रकार संघ (नाजिफ)मा आबद्ध ११ जना, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अन्तर्गत राहत वितरणमा खटिएका १४ जना बाँकी ५ गरी कूल ३० जना पत्रकारहरुको एक लाख रुपैयाँको कोरोना बीमा गराएको हो । 

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जनाको प्रतिव्यक्ति ६०० का दरले १८ हजार २० रुपैयाँ टिकटसहितको बीमा शुल्क बुझाएर ३० लाख बीमाङ्कको कोरोना बीमा गरिएको फोरमका संयोजक नबराज न्यौपानेले बताए । 

‘कोरोना महामारीमा फ्रन्ट लाईनमा खटिएका पत्रकारहरुको मनोबल उच्च राख्न कोरोना बीमा गरिएको हो, पत्रकारहरुलाई भोकै रहन नदिने उद्देश्यले राहत वितरणमा खटिएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पत्रकारहरुको बीमा गरिएको छ ।’ संयोजक न्यौपाने भने, ‘आगामी दिनमा फ्रन्ट लाइनमा खटिने र राहत वितरण गर्ने कार्यमा खटिएका थप  २० जना पत्रकारहरुको बीमा गर्ने योजनामा छौं ।’ 

एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्तले फ्रन्टलाईनमा खटिने पत्रकार, स्वास्थ्यकर्मी, राहत वितरणकर्ताहरुलाई कोरोना बीमा जरुरी रहेको बताए । बीमा समितिको ५२ औं बार्षिकोत्सवको अवसरमा एनएलजी इन्स्योरेन्सका मार्केटिङ प्रमुख अन्जन ढकालले संयोजक नबराज न्यौपानेलाई आज सो बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले कूल ५० जना पत्रकारहरुको कोरोना बीमा गर्ने घोषणा गरेको र बाँकी पत्रकारहरुको दोस्रो चरणमा बीमा गरिने जनाएको छ । 

बीमित पत्रकारहरुको विवरणः

१) केशब बहादुर भुल, सामुदायिक सूचना नेटवर्क

२) अनिल न्यौपाने, बिजखबर डटकम

३) निरोज कुमार थापा, बिजपाटी डटकम

४) प्रयास श्रेष्ठ, रातोपाटी डटकम

५) अरुण पाख्रिन, मेरो लगानी डटकम

६) अरिस्मा मोक्तान, नयाँ पत्रिका दैनिक

७) सुनिता पुडासैनी, विकासन्युज डट

८) पुजा वेलबासे, बिजनेश प्लस टिभी

९) सिता मैयाँ श्रेष्ठ, अर्थ डबली डटकम

१०) सबिना कार्की, खबरहब डटकम

११) बसन्त अर्याल, नेपालखबर डटकम

१२) नबराज न्यौपाने, इन्स्योरेन्स खबर

१३) निर्जला खड्का, इन्स्योरेन्स खबर

१४) रीना खत्री, इन्स्योरेन्स खबर

१५) रोशन खत्री, इन्स्योरेन्स खबर

१६) गंगादेवी कँडेल, प्रतिस्पर्धा साप्ताहिक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पत्रकारहरुः  

शन्तराम विडारी 

गोबिन्द प्र चौलागाईं  

सुर्य सुवेदी 

मोहन पन्त 

अमिर लामां

रामचन्द्र बस्नेत 

फणीन्द्र  फुयाल

पुष्कर बस्नेत 

रामचन्द्र दुलाल

मुकुन्द भुसाल 

अजित अधिकारी   

बिष्नु आचार्य                

सागर पन्त

कालिका महत

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved