२ कारण देखाउँदै बन्द गरियो कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 06:37:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले कोरोना बीमा स्थगित गरेको छ  । समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै जेठ २३ गते शुक्रबारदेखि कोरोना बीमा नगर्न निर्देशन दिएको हो  

 समितिले बीमा बन्द गर्नुको २ वटा कारण दिएको छ । सरकारले बजेट मार्फत सबै सरकारी कर्मचारीको १ लाखको कोरोना बीमा गर्ने र सामुहिक कोरोना बीमा गर्दा ५० प्रतिशत अनुदान दिने ब्यबस्था गरेकोले थप बीमा गर्दै जाँदा दोहोरो बीमा हुन् सक्ने जनाएको छ  । त्यस्तै समितिले हालसम्म बिक्रि भएको बीमाको दायित्व अधिक भई पुनर्बिमा समेत गर्नु पर्ने देखिएकोले केहि समयको लागि बीमा गर्ने कार्य स्थगित गरिएको जनाएको छ  

समितिका अनुसार हालसम्म ३ लाख जनाको कोरोना बीमा भएको छ भने ३० अर्बको दायित्व सिर्जना भएको छ । यस अघि नै बीमा गरेकाहरुको भने जोखिम बहन हुने भएको छ  ।

यस अघि : 

कोरोना बीमा केहि समयको लागि बन्द गर्ने तयारी


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved