प्रुडेन्सियल इन्स्योरेन्सले ५४ हजार बढी कित्ता शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 08:41:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company Limited ले ५४ हजार बढी कित्ता शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलाम गर्ने तयारी गरेको हो ।

कम्पनीले फागुन १८ गतेदेखि १० कित्ता शेयर बराबर नयाँ ६ कित्ता शेयरको अनुपातमा प्रति साधारण शेयर १०० अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जस मध्ये रित पुर्वक आवेदन दिने ३२ सय ९५ जना आवेदकलाई ३७ लाख ९४ हजार ४ सय ८९ कित्ता शेयर साउन ३१ गते बाँडफांड गरिएको कम्पनीले जनाएको छ  ।

बाँकि शेयर कम्पनीले लिलाम गर्ने भएको हो । कम्पनीले छिट्टै शेयर लिलामबारेको सूचना निकाल्ने जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved