नेपाल लाइफले गर्यो एक करोड दावी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 03:34:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी Nepal Life Insurance Company Limited  ले एक करोड रुपैयाँ भन्दा बढी दावी भुक्तानी गरेको छ । कम्पनीले एक करोड ७४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ । 

कम्पनीको शाखा कार्यालय नारायणगढबाट बीमालेख खरिद गरेका कमलराज लम्सालको परिवारलाई सो रकम दिएको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले दावी भुक्तानी वापत एक करोड ४ लाख ५० हजार रुपैयाँ, दोहोरो दाबी दुर्घटना लाभ वापत ५० लाख र आर्जित बोनस २० लाख ३७ हजार ७ सय ५० रुपैयाँ गरी कुल एक करोड ७४ लाख ८७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

लम्सालले एक करोड ४ लाख ५० हजार रुपैयाँको सुरक्षित बीमाअन्तर्गत ६ किस्ता प्रीमियम ६ किस्ता गरी ३३ लाख २० हजार ३ सय १० रुपैयाँ बुझाएका थिए । बीमित लम्सालको असार ९ गते दुर्घटनामा परि मृत्यु भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved