अनुदानमा कोरोना बीमा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 12:17:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले कोरोना बीमा मापदण्ड, २०७७ जारी गरेको छ  । बीमा समितिले कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न सुरु गरिएको कोरोना बीमासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न अनुदानको ब्यबस्था सहितको कोरोना बीमा मापदण्ड जारी गरेको हो । 

आर्थिक वर्ष ०७७/७८ को बजेट वक्तव्यअनुसार कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले मापदण्ड बनाई लागू गरेको हो । 

समितिले तयार पारेको मापदण्डमा कोरोना बीमालेख खरिद गर्न बीमित नेपाली नागरिक हुनुपर्नेछ । भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको नेपाली नागरिकले १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेस गरेपछि मात्र बीमा हुने व्यवस्था मिलाएको छ । 

सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरू उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पनि चाहिने मापदण्डमा उल्लेख छ । 

अनुदान 

राष्ट्रसेवक कर्मचारीको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शतप्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल सरकारको चालू आर्थिक वर्षको बजेट वक्तव्यअनुसार सर्वसाधारणले गर्ने सामूहिक कोरोना बीमामा भने ५० प्रतिशत मात्र अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ । 

यो बीमालेख सुविधा कुनै पनि परिवारले एउटा कम्पनीबाट एकपटकका लागि मात्र पाउने उल्लेख गरिएको साथै बीमालेखको अवधि २०७८ साल असार मसान्तसम्म मात्र हुने व्यवस्था गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved