सूर्या लाइफको बीमाशुल्क बढ्यो, नाफा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 11:42:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी Surya Life Insurance Company ले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।  बीमा कम्पनीहरुको प्रमुख सुचक मानिने खुद बीमाशुल्क बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २ अर्ब ८४ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । 

अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले २ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको खुद नाफामा सुधार आएको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सले २६ करोड २७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ८६ लाख रुपैयाँ खुद नाफामा कमाउन सफल भएको थियो  ।

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन रिपोर्ट आएपछि मात्र देखीने र बीमा कम्पनीले वार्षिक विवरणलाई मात्रै एक्चुअरी भ्यालुएसनको लागि पठाउने हुँदा यो नै इन्स्योरेन्सको वास्तविक मुनाफा भने होइन । एक्चुअरी भ्यालुएसन पछि कम्पनीको यो नाफा थपघट हुने छ । 

२ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६६ करोड ८७ लाख रुपैयाँ, जीवन बीमा कोषमा ७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्ती कोषमा १० करोड ९२ लाख रुपैयाँ सञ्चित छ । असार मसान्तसम्ममा इन्स्योरेन्समा ७ लाख ६२ हजारभन्दा बढी बीमालेखहरु जारी भएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved