बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका जारी, अनुभवी बीमांकी नियुक्त गर्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 02:13:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका जारी गरेको छ । समितिले बीमा ऐन २०४९ को दफा ८ (घ२) को अधिकार प्रयोग गरी जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमांकीय मूल्यांकन सम्बन्धी निर्देशिका २०७६ लाई समय सापेक्षा परिमार्जन गर्दै उक्त निर्देशिका जारी गरेको हो । 

उक्त निर्देशिकाअनुसार एउटा जीवन बीमा कम्पनीको बीमांकी भएर काम गरीरहेको बीमांकीले अर्को कम्पनीमा काम गर्न पाउनै छैनन् । जीवन बीमा कम्पनीहरुले अनुभव भएका बीमांकीलाई मात्र बीमकले बीमांकी नियुक्त गर्नुपर्ने उक्त निर्देशिकामा उल्लेख छ  ।  साथै, बीमा कम्पनीले प्रत्येक आर्थिक वर्षको समाप्त भएको पाँच महिना भित्र बीमांकीय मूल्यांकन प्रतिवेदन गर्नुपर्ने व्यवस्था छ ।

यस्तै बीमांकीय मूल्यांकन प्रतिवेदन बमोजिम जीवन बीमा व्यवसायमा भएको बचतको न्युनतम ९० प्रतिशत बीमालेख लिनेको कोषमा सार्नुपर्नेछ । बीमा समितिबाट स्वीकृत भएको बीमांकिय मूल्यांकन प्रतिवेदन अनुसार बीमितलाई प्रदान गर्ने बोनस दर मूल्यांकन अवधिको सुरु देखिनै लागू गर्नुपर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved