बीमा कम्पनीले बिमितलाई ११ अर्ब बढी भुक्तानी गर्न बाँकी, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 12:17:59 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्जीवन बीमा कम्पनीहरुले बीमितको ११ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको पाईएको छ । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीहरुले ११ अर्ब २५ करोड ८६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको पाइएको हो। 

सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये १७ वटा कम्पनीले सो रकम बराबर भुक्तानी गर्न बाँकी छ । सबैभन्दा बढी प्रीमियर इन्स्योरेन्स कम्पनीले भुक्तानी गर्न बाँकी छ । कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै हिमालयन जनरल धेरै दावी भुक्तानी गर्न बाँकी रहेका कम्पनीमध्ये दोस्रोमा परेको छ ।  इन्स्योरेन्सले १ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

बीमा दावी भुक्तानीका क्रममा देखिएका समस्याहरुलाई मध्यनजर गर्दै दावी भुक्तानी प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउनका लागि समितिले बीमा समितिले ’दावी भुक्तानी सम्बन्धी मार्गदर्शन, २०७६ जारि गरी लागु गरेको छ ।  

उक्त निर्देशिका अनुसार निर्जीवन बीमा कम्पनीले दावी भुक्तानीको निमित्त बीमितको निवेदन प्राप्त भएमा बीमकले आवश्यक जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउनु पर्ने व्यवस्था रहेको छ । सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बीमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमकसमक्ष पेश गर्नुपर्ने छ । साथै सर्भेयरले बीमालेखको शर्त तथा सुविधाको अधीनमा रही बीमितले पाउन सक्ने रकम उल्लेख गरी बीमितलाई जानकारी दिनुपर्नेछ । सर्भेयरले बीमक समक्ष प्रतिवेदन पेश गरेको साधारणतया ३५ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितिलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्ने पनि मार्गदर्शनमा उल्लेख छ  । मार्गदर्शन मै ब्यबस्था गरिएपनि कम्पनीहरुले दाबी भुक्तानी गर्न ढिलाई गरेका हुन् । यसबाट बीमितहरु समस्यामा परेका छन् । 

निर्जीवन बीमा कम्पनीहरुले गत आवको चौथो त्रैमासमा ११ अर्ब १४ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यस अवधिमा सबै भन्दा बढी शिखर इन्स्योरेन्सले भुक्तानी गरेको छ। कम्पनीले १ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरेको छ । 

हेर्नुस् कसको कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved