ज्योति लाईफ इन्स्योरेन्सको बोनस दर घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 01:09:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्स Jyoti Life Insurance Company  ले बीमालेखहरुमा दिने बोनस दर घोषणा गरेको छ । कम्पनीले आ.व. २०७५÷२०७६ को आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन बारे कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई २०७६ अषाढ मसान्त सम्ममा  जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर घोषणा गरेको हो। 

जस अनुसार कम्पनीले प्रतिहजार न्युनतम ४३  देखि ७५  रुपैयाँसम्मको बोनसदर  घोषणा गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखका  लागि ९ वर्ष सम्म अवधिको  ४३  रुपैयाँ, १०  देखि १४ वर्ष अवधिको  ४५ रुपैयाँ  , १५ देखि १९ वर्ष  अवधिको लागि ५० रुपैयाँ, २० देखि २४  वर्ष अवधिको  ५५  रुपैयाँ र २५  वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनश दर तोकेको छ भने सावधिक तथा आजीवन जीवन  बीमालेखका लागि ९ वर्ष सम्म अवधिको  ४३  रुपैयाँ, १०  देखि १४ वर्ष अवधिको  ४५ रुपैयाँ  , १५ देखि १९ वर्ष  अवधिको  ५० रुपैयाँ, २० देखि २४  वर्ष अवधिको  ५५  रुपैयाँ र २५  वा सोभन्दा माथि वर्ष अवधिको  बीमालेखमा  ७५ रुपैयाँ बोनश दर तोकेको छ ।

त्यस्तै अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३  रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५  रुपैयाँ, २० देखि २४  वर्ष अवधिको  बीमालेखका लागि ५०  रुपैयाँ बोनश दर तोकेको कम्पनीले जनाएको छ । 







     संस्थागत सुशासन रिलायन्स लाइफको उच्च प्राथमिकतामा, लगानीकर्तालाई पहिलो वर्षदेखि नै 'डिसेन्ट प्रतिफल'





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved