यूनियन लाइफको 'जीवन दिप बीमा' योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 05:02:17 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनियन लाइफ इन्स्योरेन्स Union Life Insurance Company  ले ‘जीवन दिप बीमा योजना’ नामक नयाँ म्यादी जीवन बीमा योजना बुधवार सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकहरुको बृहत्तर हितलाई ध्यानमा राखी न्युन बीमा शुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नबिनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको हो ।

 उक्त योजनाबाट ग्राहकले बृहत लाभ लिन सकिने कम्पनीले जनाएको छ । न्युन बीमाशुल्कमा अधिक लाभ लिन सकिने जीवन दिप म्यादी जीवन बीमा योजना उत्कृष्ट र सस्तो प्रकारको रहेकाले न्युन आय भएका बर्गका मानिसहरुले पनि सहजै बीमा गर्न सक्ने अवस्था भएको कम्पनीले जनाएको छ ।

उक्त बीमा योजना अन्तर्गत प्राकृतिक रुपमा बीमा गर्नेको मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारिरीक अशक्तता भएमा बीमालेखको अवधीसम्म बीमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधा समेत उपलब्ध गराईने ब्यवस्था रहेको छ । 

ब्यक्तिगत तथा संस्थागत रुपमा समेत बीमा गर्ने सुविधा रहेको उक्त बीमा योजना अन्तर्गत न्युनतम ३ लाख बीमाङ्क र अधिकतम आयश्रोतको आधारमा आवश्यक्ता अनुसार बीमाङ्क निर्धारण गरी बीमा योजना लिन सकिने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त योजना अन्तर्गत १६ बर्ष देखि ६० बर्ष उमेर समूहका ब्यक्तिहरुले ५ बर्ष देखि २५ बर्ष सम्मको अवधीका लागि लिन पाउने ब्यवस्था गरिएको छ । बार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त बीमा योजना बीमा गर्न चाहनेहरुको लागि उपयुक्त बीमा योजना भएको कम्पनीले जनाएको छ ।

जीवन दिप बीमा योजना नबिन बिशेषता भएको, न्युन शुल्कमा अधिक बीमाङ्क रकमको बीमा गर्न सकिने र ब्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने भएकाले यो योजना आम मानिसहरुको रोजाईमा पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले दावी गरेका छन् । खासगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ संस्था, कलेज, स्कुल, असंगठित क्षेत्र लगायतका ब्यक्तिहरुको लागि उपयोगी बीमा योजना रहेको उनको भनाई छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved