आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 11:01:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाईफ ईन्सोरेन्सले २० लाख रुपैयाँ मृत्यु दावी भुक्तनी गरेको छ । कम्पनीको धरान शाखाले मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका धरानका दिपक मगरका आफन्तलाई दावी रकम भुक्तनी गरेको हो । 

३ बर्ष अघि कम्पनीमा १० लाख रुपैयाँको बीमा गरेका मगरको असायमिक निधन भएपछि मृतककी श्रीमती संगीता राई मगरलाई दावी रकमको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

स्वर्गिय मगरले कम्पनीमा २०७४ असोज ४ गते बीमा गरेको जनाइएको छ । कम्पनीका अनुसार उनको २०७७ साउन १८ गते सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटनामा परि उपचार गर्ने क्रममा धरानको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । स्वर्गीय मगरको परिवारले एक महिनाभित्र नै आवश्यक कागजात सहित बीमा रकम माग दावी गर्ने वित्तिकै रकम भुक्तानी दिईएको धरान शाखा प्रमुख ओम प्रकाश राईले बताए । 

शाखा प्रमुख राईका अनुसार कम्पनीले बीमाबापतको बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ र बोनस रकम सहित एकमुस्ट २० लाख ६० हजारको चेक इन्सोरेन्सकाप्रदेश नं. एक प्रमुख कर्मराज पौडेलले वितरण गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved