अब निजि प्रयोगशालामा कोरोना परिक्षण गर्दा पनि संक्रमण देखिएमा कोरोनाको दाबी भुक्तानी पाइने भएको छ । बीमा समितिले कोरोना बीमा मापदण्ड संशोधन गर्दै निजि प्रयोगशालाको रिपोर्टलाई पनि मान्यता दिने ब्यबस्था गरेको हो ।
समितिको संशोधित मापदण्डमा कोरोना परिक्षण गर्न स्वास्थ्य मन्त्रालयले तोकेका सरकारी वा निजि अस्पताल तथा प्रयोगशालाको रिपोर्टलाई मान्यता दिएर कोरोनाको दाबी भुक्तानी गरिने उल्लेख छ । तर बीमा कम्पनीलाई शंका लागेमा उसले आफ्नै खर्चमा कोरोना परिक्षण गर्न सक्ने ब्यबस्था समितिले गरेको छ ।
बीमा दाबी भुक्तानीको लागि निम्न कागजात अनिवार्य गरिएको छ :
यस अघि निजि प्रयोगशालाको रिपोर्टको आधारमा बीमा समितिले दाबी भुक्तानी नदिने जनाएपछि बीमा समितिले यस विवाद समाधान गर्न समिति गठन गरेको थियो । सोहि समितिको सिफारिसको आधारमा कोरोना बीमा मापदण्ड संशोधन भएको हो ।
यस्ता छन् संशोधित ब्यबस्था :