प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 05:50:42 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्जीवन बिमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company  को अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । भदौ २८ गते सम्पन्न सञ्चालक समितिको २८औं बैठकले सर्वसम्मत रुपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । 

अग्रवालले बीमा क्षेत्रको नियमनकारी निकाय बीम समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । भदौ २८ गते सम्पन्न कम्पनीको १८औं साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो । 

अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुपसम्बद्ध हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved