जीवन बीमा सम्बन्धी चेतनामूलक भिडियो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 01:24:41 PM मा प्रकाशित

laxmi  sunrise bank

‘जीवन बीमा गरौं सुरक्षित रहौं’ भन्ने नारासहितको जनचेतनामूलक भिडियो सार्वजनिक भएको छ । बीमा सचेतनामूलक भिडियो इन्स्योरेन्स खबरको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जीवन बीमाबारे सचेतना जगाउने उद्देश्यले तयार पारिएको भिडियोले जनताका बीचमा जीवन बीमाबारे प्रचार प्रसारमा योगदान पुग्ने विश्वास लिईएको छ । 

सिपी पुडासैनीको लेखन तथा निर्देशन रहेको जनचेतनामूलक भिडियोमा छोरा बुहारीबाट बुढेसकालमा घरबाट निकालिएका एक बृद्ध दम्पत्तीले जीवन बीमाको रकम निकालेर नयाँ घर बनाएर सुखी जीवन बिताएको दृष्य समावेश छ । साथै बृद्धाबृद्धलाई घरबाट निकाले पनि जीवन बीमाले रक्षावरण गरेकाले उनीहरु झन् नयाँ घरमा बस्न पुग्छन् र घरबाट निकाल्ने छोरा बुहारी पछुतोको आगोमा डढेर बीमाको महत्व थाहा पाई आफै बीमा गर्न जीवन बीमा कम्पनीको कार्यालयसम्म पुग्छन् । साथै बाल मष्तिस्कमा जीवन बीमाको महत्व दर्शाउन बालकलाकार शुभम पुडासैनीले प्रसंशा योग्य अभिनय गरेका छन् ।

भिडियोमा कलाकारहरु रामचन्द अधिकारी गोप्ते काजी, शारदा गिरी काली बुढी, सिपी पुडासैनी धतुरे, मुना नेपाल, सन्देश लामिछाने बटारे, केशव प्रसाद भण्डारी तथा बाल कलाकार शुभम पुडासैनीको अभिनय रहेको छ ।

जीवन बीमा सचेतनामूलक भिडियोमा नेपालमा सञ्चालित १९ वटै जीवन बीमा कम्पनीहरुले प्रायोजन गरेका छन् । 

भिडियोः



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved