कोरोना बीमा मापदण्ड विरुद्धको रिटको सुनुवाई असोज १५ गते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 04:16:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना बीमा मापदण्ड माथि परेको रिटमा सुनुवाई  असोज १५ गते हुने भएको छ । कोरोना बीमा मापदण्डबारे परेको रिटमा १५ गते सर्वोच्च अदालतमा सुनुवाई हुने भएको हो ।

अधिवक्ताद्वय भाइराजा राई र दावा तामाङले कोरोना बीमा मापदण्ड २०७७ मा कोरोना बीमा पोलिसीले सरकारले लिने दायित्व बीमा ऐन विपरित र नेपालको प्रचलित कानुनसँग बाझिएको भन्दै भदौ २८ गते अदालतमा मुद्धा दर्ता गरेका थिए । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बीमा समिति र अर्थमन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

सर्वोच्चका न्यायाधिश हरि प्रसाद फुँयालको एकल इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । त्यस अनुसार बीमा समिति असोज ८ गते लिखित जवाफ सहित अदालन पुगेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved