सानिमा लाइफ इन्स्योरेन्सको सीईओमा मुखिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 06:02:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा अगम मुखिया नियुक्त भएका छन् । नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकिय पदमा रही काम गरीसकेका मुखिया इन्स्योरेन्सको सीइओमा नियुक्त भएका हुन् । 

मुखियाले नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकिय पदमा रही १६ बर्ष भन्दा बढी कार्य गरीसकेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् । 

कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै  उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कम्पनीलाई हालसम्म सहयोग पुर्याउने नियमनकारी निकायहरू, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनी, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा समेत सहयोगका लागि अनुरोध समेत गरे ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved