आइएमई जनरलका बीमीतलाई ह्याम्स अस्पतालमा नगत रहित सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 12:37:34 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स IME General Insurance का बीमीतले ह्याम्स हस्पिटलमा नगद रहित हस्पिटलाईजेशसको सुविधा पाउने भएका छन् । कम्पनी र हस्पिटलबीच सेवा प्रदान गर्ने सम्बन्धमा भएको सम्झौतासंगै बीमीतले यस्तो सुविधा पाउने भएका हुन् ।  

सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमा लेखको सीमासम्म हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशसन सुविधा प्राप्त गर्न पाउने छन् ।

कार्यक्रममा हस्पिटलले ग्राहकलाई कम्पनीसंग औषधी उपचार बीमालेख खरिद गरी बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने जनाएको छ । अस्पतालसंग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरलबाट प्राप्त गर्न सक्ने भएकाले ढुक्क भएर सेवा लिन अस्पतालले आग्रह समेत गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved