नेपाल लाइफले ल्यायो तिहार गीत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 11:16:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company  को ‘इनहाउस टिम’ले तिहारको गीत सार्वजनिक गरेको छ । कम्पनीले तिहारमा घर आँगनमा हुने भिलीमिली दृश्यलाई समेटेर गीत बनाएको हो ।

यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घर आँगन भिलीमिली  बत्ती र फूलै फूलले रंगिदै छन् । यस्तै कथा वस्तुलाई समेटेर कम्पनीले तिहार शुभकामना गीत तयार गरेको जनाएको छ । 

हिन्दुहरुको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर कम्पनीको ‘इनहाउस टिम’ले शुभकामना गीत तयार गरेको हो ।  गीतमा मेघेन्द्र प्रकाश गिरीको शब्द तथा रचनामा मेघेन्द्र प्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा स्वर दिएका छन् । गीतमा संगीत मेघेन्द्र प्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।

गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतना समेत फैलाउने प्रयास गरिएको छ ।

गीतको भिडियो:



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved