सन नेपाल लाइफ इन्स्योरेन्स Sun Nepal Life Insurance Company ले दावी रकम भुक्तानी गरेको छ । कम्पनीले मृतकको घरमा नै गएर बीमा दावी रकम शुक्रबार भुक्तानी गरेको हो ।
कैलालीको गौरीगंगा नगरपालिकाका हिमालय विक्रम चन्दले १० लाख रुपैयाँको बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गरेका थिए । उनको जेठ २४ गते मृत्यु भएको थियो । कम्पनीले उनको श्रीमती निर्मला देवी चन्दलाई मृत्यु लाभ र किरीया तथा अन्य खर्च वापत ११ लाख रुपैयाँ बराबरको चेक दिएको जनाएको छ ।