४१ प्रतिशतले बढ्यो प्राइम लाइफको बीमा शुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 01:10:49 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company  को खुद नाफा २०.४७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७६/७७ को पहिलो त्रैमासमा १० करोड २ लाख खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ७ लाख खुद नाफा कमाएको हो ।

यस अवधिमा कम्पनीको कुल बीमाशुल्क ४०.७२ प्रतिशतले बढेर १ अर्ब ७ करोड पुगेको छ भने जीवन बीमा कोष ३०.११ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड पुगेको छ । कम्पनीको कुल लगानी रकम २४.४१ प्रतिशतले बढेर १४ अर्ब १२ करोड पुगेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १९.९७ रुपैयाँबाट बढेर २१.३९ रुपैयाँ पुगेको छ । कम्पनीले आफ्नो कारोबारको पूर्नबीमा रि इन्सयोरेन्स कम्पनी हेनोभर री संग गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved