टान अध्यक्ष दाहालले ट्रेकिङ व्यवसायीकै नाक काटे, मुख देखाउनै भयो लाज...

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 25, 2019 | 03:44:33 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता सङ्गठन ‘ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) मा 'कागले कान लग्यो भन्दा कान छाम्ने भन्दा कागको पछि लाग्नेको जमात' भेटिएको छ। नबराज दाहालले यस्तो जमातको नेतृत्त्व  गरिरहेका छन। 

हो, तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ। कहिँ कतै पढेकै भरमा पर्यटन व्यवसायीको संगठन टानले एक बिज्ञप्ती जारि गरि सरकारबिरुद्द  आन्दोलनमा उत्रिने चेतावनी नै दिएको छ। यो बिज्ञप्तिमा टानका अध्यक्ष नबराज दाहालको हस्ताक्षर रहेको छ। 

बिज्ञप्तीमा ट्रेकिङ व्यवसायको क्षेत्रमा सरकारले बैदेशिक लगानी भित्र्याउने निर्णय गरेको उल्लेख छ। ‘पदयात्रा नेपालको एकमात्र मौलिक व्यवसाय हो । चार दशकभन्दा बढी सयम यो क्षेत्रमा लगानी गर्ने सक्षम नेपाली व्यवसायी नै हुन् त्यसैले विदेशी लगानीकर्ताको आवश्यकता पर्दैन’ विज्ञप्तीमा भनिएको छ।

ट्रेकिङ क्षेत्रमा सरकारले बैदेशिक लगानी ल्याउन लागेको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै टानले यस्तो बिज्ञप्ती जारि गरेको उल्लेख छ। 

तर 'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक' मा कुन कुन क्षेत्रमा बैदेशिक लगानी भित्र्याउन पाइने र कुन क्षेत्रमा नपाइने भन्ने स्पष्ट व्यवस्था छ। उक्त बिधेयकको दफा ३ को उपदफा २ मा 'बिदेशी लगानी खुला नगरिएका वा व्यवसाय' बारे स्पष्ट गरिएको छ। अनुसूची ४ मा ट्रेकिङ लगायतका बिभिन्न क्षेत्रमा बैदेशिक लगानी ल्याउन नपाइने लेखिएको छ। 

बिधेयकमा के कस्तो व्यवस्था गरिएको छ भन्नेकुरालाई बेवास्ता गरि कहीं कतै पढेकै भरमा ट्रेकिङ व्यवसायीको छाता संगठन टानले सरकार बिरुद्द आन्दोलन गर्ने समेतको बिज्ञप्ती जारि गरेर सम्पूर्ण ट्रेकिङ व्यवसायीको बेइजत मात्र गरेको छैन, बरु कानुनमा के छ भन्ने सामान्य जानकारी समेत लिन कन्जुस्याइँ गरेकाले टान अध्यक्ष दाहाललाई मुख देखाउने लाज हुने अवस्था सृजना भएको छ। उद्योग मन्त्रालयले समेत कतै पढेकै भरमा यस्तो बिज्ञप्ती जारि गर्नु आपत्तिजनक भएको प्रतिकृया दिएको छ।   

टानको विज्ञप्तीः


विधेयकमा उल्लेख भएको व्यवस्थाः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved