टानमा भ्रष्ट्राचार आशंका: संस्थाको पैसा व्यक्तिको खातामा, कर्मचारी तलवबिहिन

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2019 | 04:09:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) मा आर्थिक अनियमिता भएको पाईएको छ । संस्थाले बैंक अफ काठमाण्डौ र  नेपाल बैंकमार्फत कारोबार गर्दै आएको थियो । तर संस्थाको खाता रहेको नक्सालको बैंक अफ काठमाण्डौ र कान्तिपथको नेपाल बैंक शाखामा रहेको संस्थाको खातामा पैसा नदेखिएपछि आर्थिक अनियमितता भएको आशंका भएको छ । 

टानले गत पुसमा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँग मिलेर एउटा तालिम आयोजना गरेको थियो । तालिममा सहभागी हुन उक जनाले ८ हजार ५ सय बुझाउनु पर्ने थियो । उक्त तालिममा ७६० जनाले सहभागीता जनाएका थिए । 

टानका अध्यक्ष नवराज दाहाल बैंक खातामा पैसा नभएको विषयलाई लिएर आर्थिक अनियमिता भयो भन्न नुहने बताउँछन् । विजपाटीसँगको कुराकानीमा उनले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँग मिलेर टानले आयोजना गरेको तालिममा सहभागीबाट प्रतिव्यक्ति ८ हजार ५ सय लिएको स्वीकार गरे । त्यसमध्ये प्रतिव्यक्ति ७ हजारका दरले प्रतिष्ठानलाई बुझाएको र बाँकी १५ सय टानले लिएको पनि उनले स्वीकार गरेका छन् । 

अध्यक्ष दाहालले सो तालिमको व्यवस्थापन टानले गरेको हुनाले सहभागीबाट १५ सय लिएको र त्यो रकम टानको खातामा सुरक्षित रहेको जिकिर गरे । ७६० जना सहभागी तालिममा प्रतिव्यक्ति १५ सयका दरले टानले लिएको रकम जोड्दा ११ लाख ४० हजार हुन्छ । तर यो पैसा संस्थाले कारोबार गर्ने बैंकको खातामा छैन । 

टानका सदस्यहरुले भने उक्त तालिम र आफूहरुको संस्था नविकरणको पैसा समेत खातामा जम्मा नगरी महासचिव र कोषाध्यक्षको मिलोमतो ब्यक्तिगत खातामा जम्मा गरिएको आरोप लगाएका छन् । 

गत फागुनदोश्रो हप्ता बसेको टानको कार्यसमिति बैठकले महासचिव र कोषाध्यक्षलाई एक हप्ताभित्र उक्त रकम संस्थाको ख़ातमा जम्मा गर्न र फागुन २२ गते कार्यसमितिको बैठक बोलाउन निर्देशन दिएको थियो । तर महासचिव आङपेम्बा शेर्पाले बैठक बोलाएनन् । त्यसपछि अध्यक्षले बारम्बार ताकेता गरेपछि उनले चैत्रको पहिलो हप्ता बैठक बोलाए तर आफू उपस्थित भएनन् । 

संस्थाले काटेको बैंक चेक लिएर साट्न गएका कर्मचारीलाई बैंकले खातामा शून्य रकम भएको भन्दै फर्काएपछि टानको खातामा पैसा नभएको खुलासा भएको हो । अध्यक्ष दहालले भने पैसा हिनामिना नभएको दाबी गरेका छन् । तर कर्मचारीले भने दुई महिनादेखीको तलब नपाएको गुनासो गरेका छन् । अध्यक्ष दाहाल आफूहरु निर्वाचित भएर आउनु अघि ५ देखी ६ महिनासम्म तलब नदिने गरिएको तर आफूहरु आर्एपछि समयमै तलब दिन लागिएको दाबी गर्छन् । 

यसअघिः

टान अध्यक्ष दाहालले ट्रेकिङ व्यवसायीकै नाक काटे, मुख देखाउनै भयो लाज...


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved