हावाहुरी पीडितलाई सहयोग गर्न टानको सकृयता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2019 | 04:13:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले हावाहुरी पिडितको लागि राहत संकलन गर्ने भएको छ  ।बारा र पर्सामा केही दिन अघि आएको हावाहुरीबाट प्डिित भएकालाई सहयोग गर्न टानले पर्यटन ब्यवसायी तथा (पदयात्रा) ट्रेकिङ ब्यवसायीहरुलाई राहत संकलनमा सघाउन आग्रह गरेको छ । 

टानका अध्यक्ष नवराज दाहालले शुक्रबार आयोजित पत्रकार भेटघाटमा पदयात्रा र पर्वतारोहणका क्रममा ज्यान गुमाएकालाई मात्रै नभई देशको जुनसुकै स्थानमा विपत्ति आईपरेपनि सहयोग गर्ने भावना अनुसार हावाहुरी पीडितलाई पनि सहयोग गर्न खोजिएको बताए । 

टानले Social Welfare & Humanitarian का संयोजक चन्द्र गुरुङको संयोजकत्वमा राहत संकलन गर्ने गरि आफ्ना सबै सदस्यहरुलाई मेगा बैंकमा रहेको संस्थाको खाता नम्बर ००१००६०२४६७९५ मा रकम जम्मा गर्न सर्कुलर समेत गरिसकेको छ । टानले संकलन गरेको नगद, खाध्य सामग्री लगायत अत्यावश्यक सामग्री संकलन गरि एक हप्ता भित्रै सम्बन्धित निकाय मार्फ़त वितरण गर्ने जनाएको छ । 

राहत संकलनकै क्रममा टानका कोषाध्यक्ष रामकृष्ण तिमिल्सिनाले २५ हजार रुपैयाँ संयोजक गुरुङलाई प्रदान गरेका छन । टानका कार्यसमितिबाट हालसम्म ६७ हजार रुपैयाँ संकलन भईसकेको छ । संस्थाका प्रथम उपाध्यक्ष जीवन थापा मगरले १० हजार, सदस्य राजन प्रसाद काप्रीले ५ हजार, सदस्य गोपाल श्रेष्ठले ७ हजार सदस्य बाबुराम गुरुङले ५ हजार रकम प्रदान गरेका छन् । त्यस्तै सदस्य महेश बुढा मगरले ५ हजार, सदस्य जीवन ह्लामोले ५ हजार र कर्मचारी दिनेश ढकालले ५ हजार सहयोग दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved