टानमा नेतृत्व हत्याउन सत्तापक्ष र प्रतिपक्षको भिडन्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 01:04:53 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि २ समूहले आफ्नो मनोनयन दर्ता गराएका छन् । टान सचिवालयले दिएको जानकारी अनुसार भदौ २० गते हुने ४१ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएपछि सरकारमा जस्तै सत्तापक्ष र प्रतिपक्षबीच व्यवसायीक संगठनमा देखिँदै आएको नेतृत्व हत्याउने लडाई टानमा पनि देखिएको हो ।

अध्यक्षका लागि सत्तासिन नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट व्यवसायीले साझा उम्मेद्वारका रुपमा अञ्जन थापा (कुमार) लाई अघि सारेका छन् भने संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली काङ्ग्रेस निकट व्यवसायीले खुम सुवेदीलाई अध्यक्षको प्रत्यासीका रुपमा अघि सारेको छ ।

यसअघि नेपाल पर्यटन परिषद समूहबाट कामीरिन्जी शेर्पाले अध्यक्षमा उम्मेद्वारी दिने भनिएपनि अन्तिममा उनको समूहले खुम सुवेदीलाई सघाउने भएको छ । मनोनयन दर्तापछि थापा र सुवेदी दुवै पक्षले आफ्नो विजय सुनिश्चित रहेको दाबी गरेका छन् । थापा टानका तत्कालिन कोषाध्यक्ष समेत हुन् । सुवेदी टानको वर्तमान कार्यसमितिको बरिष्ठ उपाध्यक्ष छन् । 

साधारण सभाको लागि १ हजार ८ सय बढी सदस्यमध्ये १ हजार ३१९ सदस्यले मात्रै आफ्नो सदस्यता नविकरण गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved