२० लाख पर्यटक ल्याउन खुम सुवेदीका ७ सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 05:41:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउन सरकारले तत्काल केही कुराहरु सुधार गर्नुपर्ने सुझाव दिएका छन् । राजधानीमा सुरु बैंकिङ एक्स्पोमा बोल्दै अध्यक्ष सुवेदीले अध्यागममा लामो समय लाग्ने गरेको भन्दै यसले पर्यटकका लागि राम्रो सन्देश नजाने बताए । उनले अध्यागमनमा लाग्ने समय कटौती गर्न अनलाईन प्रणाली लागू गर्न सरकारलाई सुझाव दिए । 

बोर्डिङ पास, पर्यटकीय गन्तव्यमा सवारी साधन पार्किङ स्थल अभावले गर्दा पनि पर्यटक भित्र्याउन समस्या रहेको उनको भनाई छ । विमानस्थलमा समयमै लगेज नपाउने समस्या, २० लाख पर्यटक धान्ने पर्यटक स्तरका होटलको समेत अपर्याप्तता रहेको सुवेदीको भनाई छ । 

पर्यटकका लागि अत्यावश्यक तर नेपालमा अभाव रहँदै आएको कुरा आन्तरिक हवाई उडानमा सिट क्षमता कम र भाषागत गाइडहरुको कमीलाई पूर्ती गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने उनको भनाई छ । यी अफट्याराहरु तत्काल सुधार गर्न सकिने भन्दै उनले सरकारले यस्ता समस्या समाधानमा चासो देखाए २० लाख पर्यटक भित्र्याउन कठिन नहुने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved