बुटवल पावरको साधारणसभा जेठ ८ मा, लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 24, 2018 | 10:04:21 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनि लिमिटेडले आगामी जेठ ८ गते साधारणसभा डाकेको छ । कम्पनीले कार्की ब्यांक्वेट बबरमहल काठमाडौँमा बिहान १० बजे साधारणसभा डाकेको हो 

साधारणसभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन, आर्थिक वर्षा ७३/७४ को वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, र आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट चुक्ता पुंजीको २० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने लगायतका सामान्य प्रस्ताव पेश हुने छन् 

त्यस्तै बिशेष प्रस्तावमा कम्पनीको संधलक समितिमा सर्बसाधारण शेयरधनीको तर्फबाट २ जना संचालकको प्रतिनिधित्व हुने गरी कम्पनीको नियामवली संशोधन गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ । जस अनुसार नेपाल सरकारबाट समेत १ जना, सांग्रिला इनर्जीबाट ४ जना, सर्वसाधारणबाट २ जना र स्वतन्त्र संचालक २ जना गरी जम्मा ९ जना संचालक रहने छन् 

साधारणसभाको लागि कम्पनीले बैशाख २७ देखि जेठ ८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved