बोनस पारित गर्न बैंक अफ काठमाडौँले डाक्यो साधारणसभा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 11, 2018 | 11:23:36 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डूले असार २८ गते साधारणसभा डाकेको छ  । साधारणसभा कुन्डलिनी दरबार ब्यांकेट चण्डोलमा हुने छ ।

साधारणसभामा कम्पनीको संचालक समितिले प्रस्ताव गरेको १३.२५ प्रतिशत बोनस पारित गर्ने छ । साधारणसभा प्रयोजनको लागि बैंकले असार ८ देखि बुक क्लोज गर्ने भएको छ । असार ७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र बोनस पाउन सक्ने छन् ।

लाभांश प्रस्ताव बाहेक संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, बैंकको नियमावली संसोधन लगायतका प्रस्ताव पनि साधारणसभामा अपश हुनेछ  ।  

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved