मर्जर तथा एक्विजिशनको बिकल्प खुला राखेर एनएमबि बैंकले डाक्यो साधारणसभा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 26, 2018 | 01:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले साउन ३१ गते साधारणसभा डाकेको छ। बैंकले जाउलाखेलको स्टाफ कलेजमा २२ औ साधारणसभा गर्न लागेको हो  । 

साधारणसभामा एफपिओपश्चात कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश पारित गर्देछ । एफपिओपश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ कायम छ  । बैंकले एक अर्ब १४ करोड चार लाख ९३ हजार ५९५ रुपैयाँको बोनस वितरण गर्ने छ  । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख  पुग्नेछ । 

त्यस्तै साधारणसभाको एजेण्डामा मर्जर तथा एक्विजिशनका प्रकृया अगाडी बढाउन संचालक समितिलाई अख्तियारी दिने, सो कार्यका लागि डिडिए, स्वाप रेसियो निर्धारण र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न पनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेका छन् । 

बैंकले साधारण सभाका लागि साउन १७ गते विहीबारदेखि बुक क्लोज गर्ने जनाएको छ । साउन १६ गते बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र साधारणसभामा भाग लिन र बोनस प्राप्त गर्न  सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved