हाम्रो विकास बैंकलाई प्राप्ती गर्ने निर्णय गर्दै ज्योतिको साधारणसभा सम्पन्न

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2018 | 07:36:34 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले गत आर्थिक बर्षबाट सेयरधनीलाई नगद लाभांश प्रस्ताब पारित गर्दै आफ्नो ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। बैंकको सो साधारणसभाले गत आर्थिक बर्षको वित्तीय विवरण पारित गर्दै सेयरधनीलाई  ८.४०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताब स्वीकृत गरेको हो। 

त्यस्तै साधारणसभाले नुवाकोटको विदुर नगरपालिकामा केन्द्रिय कार्यालय रहेको एक जिल्ले कार्य क्षेत्र भएको हाम्रो विकास बैंकलाई प्राप्ति गर्न स्वीकृति दिएको छ। यससगै ज्योतिको चुक्ता पुंजी ३ अर्ब १० करोड पुग्ने भएको छ। 

यस अवधिमा बैंकले आफ्ना ७२ शाखा, २२ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। चालु आर्थिक बर्षमा डेढ लाख खाताबाट १९ अर्ब ५४ करोड निक्षेप संकलन गरि १० हजार भन्दा बढी ऋणी मार्फत १६ अर्ब १० करोड कर्जा परिचालन गर्न सफल भएको बैंकका कम्पनी सचिव मदन कुमार महतले जानकारी दिए। 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved