ग्लोबल आईएमई लघुवित्तले डाक्यो साधारणसभा, बोनसपछि शतप्रतिशत हकप्रद

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 25, 2018 | 10:56:49 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्तले बोनस पश्चात शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । प्रस्ताव पारित गर्नको लागि कम्पनीले कार्तिक २९ गते बिहिबार साधारणसभा डाकेको छ ।

साधारणसभाले यस अघि संचालक समितिको बैठकले प्रस्ताव गरेको १५ प्रतिशत बोनस र नगद लाभांश पारित गर्ने छ । कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन् आउने १ करोड ४४ लाख ७ हजार ५ सयको बोनस वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै बोनसमा लाग्ने कर प्रयोजनको लागि ७ लाख ५८ हजार २ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले बोनस पश्चात शतप्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गर्ने छ । त्यस्तै कम्पनीको कर्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको बनाउने प्रस्ताव पनि कम्पनीले राखेको छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

हाल हाल कम्पनीको चुक्ता पुंजी ९ करोड ६० लाख रहेकोमा प्रस्तावित १५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ११ करोड ४ लाख पुग्ने छ । त्यस्तै शतप्रतिशत हकप्रदपछि चुक्ता पुंजी २२ करोड नाघ्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved