मर्जर वा एक्विजिसनमा जाने प्रस्ताव सहित कन्काईको साधारणसभा आह्वान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 05, 2018 | 01:09:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कन्काई विकास बैंकले साधारणसभा आह्वान गरेको छ  ।  बैंकले मङ्सिर १० गतेको लागि साधारणसभा आह्वान गर्दै बुक क्लोज मिति तय गरेको हो  । 

साधारणसभामा बैंकले यस अघि संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्ने छ  । बैंकले  लगानीकर्तालाई ३ प्रतिशतले हुन आउने १ करोड ५० लाख बराबरको बोनस र ६.५० प्रतिशतले हुन् आउने ३ करोड २५ लाख बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालक पनि चयन गर्ने छ । 

साधारणसभाको बिशेष प्रस्तावमा हालको ३ जिल्ला कार्यक्षेत्रलाई विस्तार गरी ५ पुर्याउने रहेको छ । त्यस्तै  साधारणसभाले बैंकलाई अन्य बैंकसंग गाभिन वा अन्य बैंकलाई गाभ्नको लागि आवश्यक निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने छ  । साधारणसभा प्रयोजनको लागि बैंकले कार्तिक २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । कार्तिक २७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित बोनस प्राप्त गर्न सक्ने छन्  । 

 बोनस पश्चात बैंकको चुक्ता पुंजी ५१ करोड ५० लाख पुग्ने छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved