साझेदार भित्र्याउने प्रस्ताब पारित गर्दै सिटि एक्सप्रेस फाइनान्सको साधारणसभा सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2018 | 09:36:46 PM मा प्रकाशित

laxmi  sunrise bank

उपयुक्त रणनितिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव पारित गर्दै सिटि एक्सप्रेस फाइनान्सको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिबेदन समेत पारित गरेको छ। 

विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्सबाट सिटी एक्सप्रेस फाइनान्समा रुपान्तरण भएको फाइनान्सले चुक्ता पुंजी ८० करोड पुर्याउने तथा उपयुक्त रणनितिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ।

काठमाण्डौ घन्टाघर स्थित केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरु गाइघाट र विर्तामोडबाट वित्तीय कारोवार गर्दै आइरहेको सिटि एक्सप्रेस फाइनान्सले संस्थालाई सवल वनाउनका लागि अन्य वित्तीय संस्थाहरुलाई प्राप्ती गर्ने, कर्मचारी व्यवस्थापनलाई मजवुद वनाई अब्वल संस्थाको रुपमा अगाडि वढाउने जनाएको छ। 

संस्थाका कार्यकारी प्रमुख भिष्म राज चालिसेले रणनीतिक साझेदारको खोजी गर्दै चुक्ता पुँजीको दायरालाई फराकिलो वनाउँदै आवश्यक शाखा संजाल तथा व्यवसायलाई विस्तार गर्नेे बताए।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved