लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2018 | 11:36:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले यहि मंसिर २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो । 

साधारणसभामा यस अघि संचालक समितिले प्रस्ताव गरेको १४ प्रतिशत नगद लाभांश पारित गर्नको लागि प्रस्ताव पेश हुनेछ ।  बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १४ प्रतिशतले हुन् आउने १ अर्ब १२ करोड १ लाख ७५ हजार ७ सय ६२ रुपैयाँ नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले प्रस्ताव पारित गरेपछि लगानीकर्तालाई उक्त लाभांश वितरण हुनेछ । 

बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  मंसिर १३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  हाल बैंकको चुक्ता पुंजी ८ अर्ब १२ लाख ५५ हजार ४ सय ४० रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved