नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले पुस २९ गतेको लागि साधारणसभा आह्रवान गरेको छ । साधारणसभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान १० बजे देखि सुरु हुने छ ।
साधारणसभामा संचालक समितिले निर्णय गरेबमोजिमको लाभांश प्रस्ताव पेश हुने छ । बैंकले १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
साधारणसभामा सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सेवा प्रदान गर्ने व्यवस्था गर्नका लागि बैंकको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । पुस १० गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र बार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।
हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड ५६ लाख रुपैयाँ रहेको छ भने बोनस वितरण प्रश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैंया पुग्नेछ ।