सनराइज बैंकको साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2018 | 09:01:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले साधारणसभा आह्वान गरेको छ  । बैंकले पुस २९ गतेको लागि साधारण सभा आह्वान गरेको हो । बैंकको साधारणसभा अमृतभोग क्याटरर्स कालिकास्थानमा बिहान १० बजे सुरु हुनेछ ।  

साधारणसभामा  बैंकको सञ्चालक समितिको निर्णय बमोजिम लगानीकर्तालाई ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै साधारणसभाले संस्थापक र साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना सञ्चालहरुको निर्वाचन गर्नेछ । 

बैंक आफैँ वा सहायक कम्पनी स्थापना गरी ब्रोकरेज सम्बन्धि कार्य गर्ने व्यवस्था थप गरि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुने बैंकले जनाएको छ ।  

साधारणसभा प्रयोजनको लागि बैंकले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  पुस ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved