२ कम्पनीको साधारणसभा आज, कसको कहाँ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 10:09:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १२ गते बिहिबार २ ववटा कम्पनीले साधारणसभा गर्दै छन् । आज युनाईटेड मोदी हाइड्रो पावर र   नेपाल ल्युव आयल लिमिटेडले साधारणसभा गर्न लागेका हुन्।

युनाइटेड मोदी हाइड्रोपावर

युनाइटेड मोदी हाइड्रोपावर United Modi Hydropower Limited को आज पौष १२ गते वार्षिक साधारणसभा हुँदैछ युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा आज विहान ११ बजे सम्पन्न हुने सभाका मुख्य-मुख्य प्रस्तावहरुमा ५ प्रतिशत नगद लाभांश, लेखापरीक्षको नियुक्ति, वार्षिक प्रतिवेदन लगायत रहेका छन्  कम्पनीले मंगसिर २५ गते सभा प्रयोजनको लागि बुक क्लोज गरेको थियो बुक क्लोजको अगिल्लो दिन मंगसिर २४ गतेसम्म शेयर किनेकाले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन 

नेपाल ल्युव आयल लिमिटेड

नेपाल ल्युव आयल लिमिटेड Nepal Lube Oil Limited को आज पौष १२ गते २७औँ वार्षिक साधारणसभा हुँदैछ  याव: पार्टी प्यालेस, पुल्चोक, ललितपुरमा आज विहान ११:३० बजे सम्पन्न हुने सभाका मुख्य-मुख्य प्रस्तावहरुमा ३० प्रतिशत नगद र १० प्रतिशत बोनस लाभांश, लेखापरीक्षको नियुक्ति, वार्षिक प्रतिवेदन लगायत रहेका छन्  कम्पनीले मंगसिर २८ गते सभा प्रयोजनको लागि बुक क्लोज गरेको थियो  बुक क्लोजको अगिल्लो दिन मंगसिर २७ गतेसम्म शेयर किनेकाले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved