माछापुछ्रे बैंकको लाभांश पारित, संचालक सदस्यमा न्यौपाने र केसीको निरन्तरता, अध्यक्षमा महतो

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 04, 2019 | 04:16:17 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक Machhapuchchhre Bank Limited को लाभांश प्रस्ताव पारित भएको छ । बैंकको २० औँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैया तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैया संचित रहेको जनाईएको छ ।

बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमाससम्ममा ३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ । असोज मसान्त सम्ममा ७७ अर्व ९८ करोड निक्षेप परिचालन गरी ७१ अर्व ८१ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।साधारण सभाले संस्थापक समूहको तर्फबाट डा. बिरेन्द्र प्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्यमा मनोनित गरेको छ । सञ्चालक समितिको बैठकले डा. बिरेन्द्र प्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

बैकले हाल ८८ वटा शाखाहरु लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग र १०८ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved