जनता बैंकको लाभांश पारित, ब्रोकर सेवा दिने बाटो खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2019 | 05:19:20 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकको लाभांश पारित भएको छ  । कम्पनीको पौष २९ गते आईतवार भएको साधारणसभाले आर्थिक वर्ष २०७४÷७५ सम्मको सञ्चित मुनाफा समेतबाट ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले चुक्ता पूँजीको ८.५० प्रतिशतले हुन् आउने ६८  करोड, ६६  हजार ८ सय ३ रुपियाँ बराबरको नगद लाभांश पारित गरेको हो  । 

साथै सभाले वासलात र नाफा–नोक्सान हिसाव सहितको वित्तिय विवरणहरु स्वीकृत गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समितिस्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५÷०७६ को लागि बाह्य लेखा परिक्षकमा SAR Associates, Chartered Accountants  नियुक्त गरेको छ । 

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।बैंकले १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र , ७९ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved