नबिलले डाक्यो साधारणसभा, संस्थापक सेयर साधारणमा परिवर्तन गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 11:00:58 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्य बाणिज्य बैंकहरुले साधारणसभा गरि लाभांश समेत वितरण गरिसकेको अवस्थामा नबिल ले भने बल्ल साधारण सभा आब्हान गरेओ छ। बैंकले फागुन २७ गतेको लागि आफ्नो ३४ औं बार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आब्हान गरेको हो। 

साधारणसभामा बैंकले गत आर्थिक बर्षको लाभांश प्रस्ताब लैजादैछ। त्यस्तै बैंकले संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको दश प्रतिशत शेयर संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ। 

साधारणसभा प्रयोजनकालागि बैंकले फागुन १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार फागुन १३ गतेसम्म कायम रहने शेयरधनीले मात्र बैंकले प्रस्ताब गरेको ३४ प्रतिशत (२२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस) लाभांश पाउनेछन भने साधारणसभामा सहभागी हुन पाउनेछन।   

यसअघि: राष्ट्र बैंकबाट नबिलको लाभांश पारित, साधारणसभा कहिले ?

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यसअघि नै बिजपाटी डटकमसंगको कुराकानीमा राष्ट्र बैंकले नबिलको संचालक समितिले प्रस्ताब गरेकै लाभांश प्रस्ताब पारित गरेको जानकारी दिएका थिए। 

राष्ट्र बैंकले तेस्रो नम्बरमै नबिलको वित्तीय विवरण स्वीकृत गरेपनि संस्थापक सेयरसंग जोडिएका केहि प्राबिधिक बिषयले लाभांश प्रस्ताब पारित हुन ढिलाई भएको सीईओ शाहको भनाई छ। अहिले सो शेयर रुपान्तरण गर्न नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भैसकेको छ।    

सर्वसाधारण, बिशेष संस्थापक (एनआईडिसीबाट बेचिएको) र सामान्य संस्थापक सेयर गरी नबिल बैंकमा तीन प्रकारमा सेयर रहेको छ।। संस्थापक नै नबिलपीका रूपमा कारेवार भइरहेको र अर्केसमेत गरि दुइ प्रकारको संस्थापक रहेको अवस्थामा राष्ट्र बैंकबाट एक प्रकारको मात्र संस्थापक सेयर  राख्नुपर्ने व्यवस्था गरेको छ।  

१२ प्रतिशत बोनस सेयर समायोजन पश्चात नबिल बैंकको चुक्ता पुंजी ९ अर्ब ८ करोड पुग्नेछ। नबिल बैंकले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब १७ करोड खुद मुनाफा आर्जन गरेको छ भने उसको वितरणयोग्य मुनाफा २ अर्ब ४ करोड छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved