कुमारी बैंक Kumari Bank Limited ले आज बिहिबार एकै पटक २ वटा आर्थिक बर्षको साधारणसभा गर्दै छ । बैंकले एकैदिन आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारणसभा गर्न लागेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बिहान १०:३० बैंकले सत्रौं र अठारौं वार्षिक साधारण सभा आह्वान गरेको हो।
साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ८.५० प्रतिशत गरि कूल २१.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ। साधारणसभाको अन्य प्रस्तावमा सहायक कम्पनी मार्फत धितोपत्र दलाल सम्बन्धि कार्य गनै प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट २/२ जना गरि ४ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायत रहेका छन् ।
त्यस्तै साधारणसभामा उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुनेछ । बैंकले साधारण सभा प्रयोजनका लागि बैशाख ६ गते शुक्रबारदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो। बैशाख ५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन । बाेनस वितरण पश्चात बैंककाे चुक्त्ता पूँजी ८ अर्ब ६८ कराेड पुग्नेछ ।