सिभिलमा इच्छाराजको 'कमब्याक', मर्जरको लागि संचालकलाई अख्तियारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 05:06:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले सातौ र आठौं वार्षिक साधारणसभा एकसाथ सम्पन्न गरेको छ । बैंकको साधारणसभाबाट संस्थापक संचालकमा ई.इच्छा राज तामाङ पून फर्किएका छन् । अन्य सस्थापक सदस्यमा अम्बीर बोगटी र प्रताप जङ्ग पाण्डे आएका छन् भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादूर मल्ल आगामी ४ वर्षको लागि बैंकको संचालक चयन भएका छन् । 

बैंकको साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट गरेको १०.२५% बोनस शेयर र ०.५४% प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५% प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकको साधारणसभाले  आर्थिक वर्ष २०७५/०७६ को लेखापरिक्षण गर्नको लागि बिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखापरिक्षकमा नियुक्त गरेको छ । त्यस्तै  अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन ) गर्न÷हुन वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा खोज्ने लगायतको अधिकार संचालक समितिलाई दिदै सम्झौताको अख्तियारीे प्रदान गर्ने निर्णय गरेको छ ।


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved