सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ दोहोरीए, प्रतापजंग पाण्डेको प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2019 | 12:18:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited को अध्यक्षमा इच्छाराज तामाङ दोहोरिएका छन्। बैंकको बैशाख २८ गते भएको बार्षिक साधारणसभाले चयन गरेको ६ जना संचालक समिति सदस्यबाट तामाङलाई अध्यक्षमा चयन गरेको हो। उनि यसअघि पनि बैंकको अध्यक्ष थिए। 

बैंकको संस्थापक शेयरधनीहरुमा इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डे निर्विरोध चयन भएका हुन। सञ्चालकको रुपमा सिभिलमा मर्ज भएको आइएलएफसी फाइनान्समा डिजिएम भएर बैकिङ क्षेत्रमा काम गरेका पाण्डेको प्रवेश हो। यसअघि उनी आइएमई जनरल इन्स्योरेन्समा संचालक थिए। उनी कैलाश हेलिकप्टरका प्रवन्ध निर्देशक समेत हुन। 

त्यस्तै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेश बहादूर मल्ल संचालकमा चयन भएका हुन्। उनीहरु आगामी ४ वर्षका लागि निर्विरोध चयन भएका हुन्। 

बैंकको सातौँ तथा आठौँ बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट १०.२५% बोनस तथा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५% का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

जस अनुसार बैंकले २०७३/०७४ को मुनाफाबाट ७४ करोड ४० लाख ७९ हजार रुपैयाँ बराबरको बोनस शेयर उक्त बोनसमा लाग्ने कर वापतको नगद लाभांश ३ करोड ९१ लाख ६२ हजार नगद लाभांश वितरण गर्नेछ । यसैगरी आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट २९ करोड ४० लाख २ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

साथै सभाले सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन ) गर्न/हुन वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन संचालक समितिलाई पूर्ण अख्तियारीे प्रदान गर्ने निर्णय गरेको छ ।

आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै अघि बढेको सिभिल बैंकले हाल ७३ शाखा मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। त्यस्तै बैंक थप ३३ शाखाहरु विस्तार गर्ने क्रममा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved