मर्जरमा जाने प्रस्ताव सहित आईएमई जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 09:32:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई जनरल इन्स्योरेन्सले मर्जरमा जाने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २९ गते आइतबार लैनचौरमा साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाले यस अघि कम्पनीको संचालक समितिको बैठकले प्रस्तावित लाभांश पारित गर्ने छ । कम्पनीले  आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट लगानीकर्तालाई चुक्ता पुंजीको ५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।  बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैले तिर्नु पर्ने भएको छ  । त्यस्तै साधारणसभाले निर्जीवन ब्यबसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने , गाभिने, वा प्राप्ति गर्नको आवश्यक कार्य गर्नको लागि संचालक समितिलाई आख्तियारी दिने छ । 

साधारणसभा प्रयोजनको लागि कम्पनीले असार १५ देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । असार १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस पाउन सक्ने छन्   । 

हाल कम्पनीको चुक्ता पुंजी ९७ करोड २० लाख रहेको छ । 


यस्ता छन् साधारणसभाका अन्य प्रस्तावहरु: 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved