रिलायन्स लाइफले डाक्यो साधारणसभा, ६३ करोडको आईपिओ प्रस्ताव पारित हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 05:38:43 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाईफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले आगामी साउन ३१ गते शुक्रबारको लागि सभा आह्वान गरेको हो  । कम्पनीले होटेल र्याडिसनमा  सभा बोलाएको हो  । 

साधारणसभाले संचालक समितिको आर्थिक बर्ष ७४/७५ को बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीकक्षकको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक गर्ने प्रस्ताव पारित गर्ने छ  । त्यस्तै कम्पनीको सभाले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने छ  । 

कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले शेयर निष्काशन प्रक्रियाको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ । 

कम्पनीमा हाल १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४७ करोड रहेको छ । सर्वसाधारण्मा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved