एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारणसभा, मर्जमा जाने प्रस्ताव !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 06:36:12 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्सले साधारणसभा डाकेको छ । कम्पनीले असोज १ गते काठमाडौँको कमलोपोखरी स्थित अग्रवाल भवनमा हुने गरी सभा आह्वान गरेको हो 

सभामा कम्पनीले आर्थिक बर्ष ७४/७५ को बार्षिक प्रतिवेदन , वित्तीय विवरण पारित गर्ने छ भने गत आर्थिक बर्षको लागि लेखापरिक्षकको नियुक्ति गर्ने छ 

त्यस्तै सभामा नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , विविध लगानीका क्षेत्रहरु थप गर्ने विशेष प्रस्ताव पेश हुने छ । त्यस्तै सभाले निर्जीवन विमा ब्यवसा गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि आवश्यक निर्णय गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने छ 

सभा प्रयोजनको लागि कम्पनीले भदौ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved