भिवोर क्यापिटल Vibor Capital LTD ले साधारणसभा डाकेको छ । कम्पनीले भदौ २७ गते वालुवाटारको टाइम्स स्क्वायर रेस्टुरेन्टमा सभा आह्वान गरेको हो ।
सभामा बार्षिक प्रतिवेदन, वित्तीय विवरण छलफल गरी पारित गर्ने र लेखापरिक्षकको नियुती गर्ने सामान्य प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्तावमा कम्पनीको नाम र लोगो परिवर्तन गर्ने, संचालक समिति पुनर्गठन गर्ने र कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने लगायत रहेका छन् ।