ज्योति लाइफले डाक्यो साधारणसभा, आईपिओ निष्काशन विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 08:01:20 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्सले साधारणसभा डाकेको छ । कम्पनीले असोज १२ गते पोखरामा हुने गरि सभा आह्वान गरेको हो । 

साधारणसभाले साधारणसभाको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरिक्षकको नियुक्त तथा निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव पेश हुदै छन् । त्यस्तै विशेष प्रस्तावमा धितोपत्र दर्ता गरी आईपिओ निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र संचालक समिति तथा उप समितिका सदस्यहरुको बैठक भत्ता र अन्य सुविधाहरु पुनरावलोकन गर्ने लगायत रहेका छन् । 

कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारि गर्न लागेको हो। आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved