ओरियन्टल होटेलको साधारणसभा आह्वान, एफपिओ रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 07:37:23 AM मा प्रकाशित

laxmi  sunrise bank

ओरियन्टल होटेल Oriental Hotel Limited ले एफपिओ निष्काशन प्रस्ताव रद्द गरेको छ  । कम्पनीको  २१ औं वार्षिक साधारण सभाले सस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत कायम गर्नेगरी एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो 

तर कम्पनीको डाकेको २२ औ साधारणसभाको प्रस्तावमा एफपिओ प्रस्ताव रद्द गरी संस्थापक र साधारण शेयरधनीको अनुपात ७०:३० कायम गर्ने उल्लेख छ। कम्पनीले कार्तिक ७ गते जावलाखेलको स्टाफ कलेजमा सभा आह्वान गरेको हो । सभामा संचालक समितिले प्रस्ताव गरेको १०.७९ प्रतिशत नगद लाभांश लगायतका प्रस्ताव पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved