८ प्रस्ताव पारित गर्न नेशनल लाइफले डाक्यो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 08:37:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company Limited  ले सधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २४ गते आइतबार लाजिम्पाट स्थिति आफ्नै केन्द्रीय  कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न ८ वटा प्रस्ताव पेश हुने छन् । कम्पनीले २.५ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश गरी कुल १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै सभामा सर्वसाधारण र संस्थापक शेयरधनीको शेयर अनुपात ४९:५१ कायम गर्ने प्रस्ताव पनि पेश हुने छ । हाल यो अनुपात ३५:६५ रहेको छ । 

कम्पनीले सभा प्रयोजनको लागि कार्तिक १० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा कार्तिक ७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्ने छन् ।

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved